होशियार माक्स लगाएर मात्र हिड्नुस नत्र पक्राउ परिएला नी


२२ असार, काठमाडौं । अब माक्स नलगाइ घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ ।

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । अबदेखि मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस कोभिड १९ को जोखिम अहिले पनि रहेको र हाल लकडाउन केही खुकुलो मात्र गरिएकोले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न सरकारले आग्रह गरेको छ ।