
१६ माघ, सुर्खेत । तिन दिनदेखि तनावग्रस्त वीरेन्द्रनगर त्रिपक्षीय वार्ता पछी अहिले सामान्य भएको छ ।
सुर्खेत जिल्लाको मुख्य र अति व्यस्त रहने मंगलगढी, बांगेसिमल सडक खण्ड अन्तरगत गौतम चोक नजिकै मंगलबार बिहान टिपरको ठक्करबाट सुर्खेतमा भे १ ख २२४२ नम्बरको टिपरले भे. १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको बिषयलाइ लिएर तनावग्रस्त बनेको वीरेन्द्रनगर बजार अहिले सामान्य भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको त्रिपक्षीय वार्ताको मध्यामबाट स्थिती सामाधान भएको कुरा पिडीत पक्षका जानकार वीरबहादुर सिंह ठकुरीले जानकारी गराउनुभएको छ । उहाँका अनुसार पिडितलाइ उचित राहत रकम उपलब्ध गराउने, चालकलाइ सवारी दुर्घटना ऐन बमोजीम हदै सम्मको कारबाहीका लागी पहल गर्ने र आन्दोलनका क्रममा भएका घाइते हरुको उपचारमा गृह मन्त्रालय कर्णाली प्रदेश सामाजिक मन्त्रालयमा पहल गर्ने सहमतीमा आन्दोलन फिर्ता लिइएको हो
तिन दिन देखि ट्रिपर साहुसँग मात्रै बसेर छलफल अगाडी बढाउने कुराको माग गरी आएका पिडीत पक्षहरुको मागलाइ ध्यान मा राखी प्रशासन कार्यालयको पहलमा ट्रिपर साहु घटना भएको तिन दिन पछी मात्र उपस्थित भएको र यस अघि समितिका पदाधिकारीको रोहवरमा मात्र वार्ता भएका कारण सफल हुन सकेको थिएन । अव भने घटनाको प्रकृतीहेरी शवको पोस्टमार्टम रिपोर्टको आधारमा दाहा सँस्कार गरीने पिडित पक्षले बताएको छ ।



Milan Shrestha । १६ माघ २०७६, बिहीबार १६:५१ बजे