मिलन श्रेष्ठ ।
सुर्खेत, १४ साउन । मानिसले कुनै स्थानमा लामो बसाईपछि केही न केही चिनो छोडेर जाने
गर्दछन् । कसैले केही समान नै भुलेर जान्छन् त कोही नयाँ अभियान, कामको सुरुवात गरेर जान्छन् । प्राकृति विपत्तिको समयमा धेरैजसो पहुँचवालाको उद्दार कार्यमा नै सबै सक्रिय हुन्छ्न् ।
न्युन आयस्तर भएका जनतालाई विपद्मा परेको समयमा राहत उद्दारको लागि एकजना एन्जीओकर्मीले जोखिम विपद् राहत कोषको स्थापना गरेकी छन् । प्राकृतिक विपद्का समयमा गरिब जनतालवाई तत्काल राहत प्रदानको लागि अन्य स्रोत खोज्न नपर्ने ध्ययका साथ उनले आफ्नो जागिर सकिएपछि सुर्खेत छोड्नुअघि राहत कोषको स्थापना गरेकी हुन् ।
विगत ७ महिनादेखि कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम“पहल”को जिल्ला संयोजकको रुपमा कार्यरत शुभा विकले अन्यत्र नाम निकालेपछि सुर्खेतमा चिनाको रुपमा राहत कोष स्थापनाको अभियानको सुरुवात गरेकी छन् ।
युएसआई डिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सुन्दरनेपालको सहजीकरणमा संचालित पहल कार्यक्रमको राजीनामा दिएपछि जिल्लामा प्राकृतिक विपद्मा परेका व्यक्तिहरुको राहत उद्दारका लागि आफुले सानो रकमबाट अभियानको रुपमा विपद् राहत कोष स्थापना गरेको बताइन् । युएसआईडी कै आर्थिक सहयोगमा अप्रिल २०१६ देखि संचालित “पानी” परियोजनाको फिल्ड टिम लिडरको रुपमा सुर्खेत देखि नेपालगन्ज जाने क्रममा उनले उक्त कोषको घोषणा गरेकी हुन् ।
पानी परियोजनाले राप्ती, कर्णाली र महाकाली र जिल्ला स्थीत भेरी नदीका साथै स्थानीय झुप्रा र सोटखोलामा पानी सम्बन्धि, शुद्ध पानी, जल चर प्राणीको संरक्ष, जैविक विविदता, जीविकोपार्जन साथै जलवायु परिवर्तन सम्बन्धि कार्य गर्ने छ ।
२०३१ सालमा जन्मिएकी बि.क.ले हाई स्कुल जीवनी र आई.एस.सी भारतको पटनाबाट गरेकी हुन भने मास्टर पाटनबाट । यसरी भारतबाट स्नाकोत्तर भारत बात र स्नातक नेपालबाट गरि हाल सम्म सेभ द चिल्डे«न, डिएफ.आई.डि,नेवाः आर.आर.एन, केयर नेपाल र पहल जस्तो संस्थामा १२ बर्ष सम्म जिल्ला संयोजकको रुपमा कार्य अनुभव रहेका बताईन् ।
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको सभापत्तिव, संस्थाका कार्यक्रम अधिकृत भुपेन्द्र कडेल, पहल परियोजनाका कार्यक्रम संयोजको भिमराज वास्तोलाको आथित्यमा सम्पन्न कार्यक्रममा बि.क.ले रु ५ हजारको जोखिम विपद राहत कोषको स्थापना गरेकी छिन् ।
जिल्लामा आई पर्ने ठुला विपदहरुको सहयोगका लागी विभि
न्न संघ–संस्था, समबन्धित निकाय र सरकारी निकायहरु रहेका छन् तर सानो तिनो जोखिममा परेकाहरुको सहयोगका लागी संघ–संस्थाहरु खोज्नु पर्ने समस्या देखिएको हुदा आफुले कोष स्थापना गरेको बताइन् ।
‘यहि जेठमा काफलकोटको स्थानिय राकसी खोलाबाट २ जना छात्राको बगेर मृत्यु भयो तर क्षतिपूर्ति दिएको भन्ने सुनिएन सोहि कारण यस्ता खालका हुने विपद्मा परेकालाई सहयोग गर्न कोष स्थापना गरेकी हुँ ।’ उनले भनिन् ।



Milan Shrestha । १४ श्रावण २०७३, शुक्रबार ०८:५२ बजे