भोलीदेखि नेपाल लकडाउनः घरबाट बाहिर निस्कन नपाइने, गाडी पनि बन्द


१० चैत, काठमाडौ. । कोरोना भारइस (कोभिड-१९) तिब्रगतीमा महामारी फैलदै गर्दा सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिले देशभर लकडाउन गर्ने निर्णय गरेको हो । बैठकले भोलि मंगलबार विहान ६ बजेदेखि एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने चलेपनि अरु सवारी साधन चलाउने नपाइने भएको हो ।