वीरेन्द्रनगर सुनसान, अटेर गर्ने प्रहरी कारवाहीमा (भिडियो सहित)


११ चैत्र, सुर्खेत । आज देखि नेपाललाई लकडाउन गरेर संग सारा देश नै सुनसान बनेको छ ।

सरकारले हिजो १ जनालाई कोरोना भाइरस भएको पुष्टी भएपछि आजबाट लकडाउन गरेको हो । लकडाउनको प्रभाव कर्णाली प्रदेशको वीरेन्द्रनगरमा पनि देखिएको छ । लकडाउनको वेवस्था गर्दै आफूखुशी मोटरसाइकल चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही पनि थालेको छ।

प्रहरीले लकडाउनलाई अटेर गर्ने २ जनालाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै लकडाउनको समयमा मोटरसाइकल चलाउनेहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ भने प्रहरीले घरबाट बाहिर ननिस्कन माइकिङ्ग गर्दै हिडेको छ ।