२० चैत्र, सुर्खेत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को परिक्षण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पनि शुरु गरिएको छ ।
नमूना जाँच गर्न प्रयोगशाला विज्ञको रुपमा काठमाडौंबाट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १ टोली आएको र टोलीले ल्याब टेक्निसियनलाई प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणमा ६ जना सहभागी रहेको बताइएको छ ।
हिजो जडान गरिएको मेसिनबाट आजदेखि जाँच कार्य शुरु गर्यौ आज गरिएको पहिलो स्वाब नमूना परिक्षण नेगेटिभ आएको छ । अब हामीले हरेक दिन साँझ ५ बजे स्वाब परीक्षणको नतिजा सार्वजनिक गर्नेछौं ।’ स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले भन्नुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयका ल्याब युनिट इन्चार्ज ओम आचार्यका अनुसार आज बिहीवार बिहान क्वारेन्टाइनमा बसेका ४ जनाको नमूना लिइएको र जाँच भइरहेको छ ।



Milan Shrestha । २० चैत्र २०७६, बिहीबार १५:५६ बजे