
अशोक राजी
६ असार, सुर्खेत । आदिवासी जनजातीहरुका संस्कृती तथा रितिरिवाजहरुलाइ बचाउनका लागि सम्बन्धित निकायहरुले विशेष पहल गरिदिनुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । सामुदायिक शसक्तिकरण विकास केन्द्र सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले यस्तो जोड दिएका हुन ।
आदिवासी जनजातीहरुलाइ चिनाउनका लागि उनिहरुकै संस्कृती तथा रितिरिवाज नै दिनप्रतिदिन हराउन थालेको भन्दै सम्बन्धित निकायहरुले यसलाइ बचाउन विशेष ध्यान दिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरका सञ्चालक परिषदका सदस्य तथा नेपाल राउटे विकास संघका केन्द्रिय अध्यक्ष दानसिंह राउटेले आदिवासी जनजातीहरुका हराउन लागेका परम्परागत पेशा, भाषा, तथा रितिरिवाजहरु बचाउनका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सञ्चालक परिषदका सदस्य तथा केन्द्रिय अध्यक्ष राउटेले आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले भाषा संस्कृती संरक्षण प्रवर्द्धन, छात्रबृति कार्यक्रम, जातिय संस्थाका कार्यालय व्यवस्थापन, आदिवासी जनजातीका बालबालिका तथा महिलाहरुका लागि शसक्तिकरण कार्यक्रम गर्दै आएको बारे जानकारी गराउनुभयो ।
यस्तै प्रतिष्ठानले कृषि आय आर्जन कार्यक्रम, सिपमुलक कार्यक्रम र आदिवासी जनजातीहरुका लागि निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आइरहेको बारे पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका सचिव अशोक राजीले हराउन लागेका संस्कृतीहरुले आदिवासी जनजातीहरुको मात्र नभइ राष्ट्रकै पहिचान जोगाउन सफल हुने भएकाले सबैले मिलेर संरक्षणमा जोड दिन आग्रह गर्नुभयो ।
साथै लोपोन्मुख, अतिसिमान्तकृत तथा सिमान्तकृत अल्पसंख्यक समुदायहरुको भाषा, संस्कृती, तथा पेशाहरु हराउँदै गएकाले यसलाइ जोगाउँन राज्यले विशेष पहल गरिदिन माग पनि गर्नुभयो ।
कार्यक्रममा समिकरण समाज सुर्खेतका अध्यक्ष प्रकाश सारुले संस्कृतीले सबै आदिवासी जनजातीहरुलाइ चिनाउन सहयोग गर्ने भएकाले जोगाउन सबै मिलेर लाग्नुपर्नेमा विशेष जोड दिनुभयो ।
सामुदायिक शसक्तिकरण सर्खेतका अध्यक्ष वीर बहादुर रावत भोटेको सभापतित्वमा भएको कार्यक्रममा बोटे समाज सुर्खेतका कोषाध्यक्ष उमा बोटे, हिमाली बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष इन्द्रा खनाल, सुनिता गुरुङ, विष्णु लामा, सिप विकास कार्यक्रमका संयोजक सन्तोषी विश्वकर्मा, शिक्षा उपसमितीका संयोजक लिला सिजापती, महिला विभाग प्रमुख पल्तीसरा रावत लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विभिन्न जातीय संघ संस्थाहरुले आआफ्नो संस्कृती झल्कने नाँचहरु प्रस्तुत गरेका थिए ।
Prawash Kumar Shakya । ६ असार २०७३, सोमबार १६:१७ बजे