
२९ चैत्र, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) ले गर्दा देश लकडाउन भएको स्थितिमा साँझ विहानको छाकटार्न कठिन भएका सुर्खेतका बाढीपिडितलाई पत्रकार नगेन्द्र उपाध्यायको पहलमा भैरहेको राहत वितरणमा सुर्खेत महिला जेसीजले पनि सहयोग रकम हस्तान्तरण गरेको छ ।
सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य र उपाध्यक्ष सीता भण्डारीले पदाधिकारी र सदस्यहरुबाट संकलित रकम पत्रकार उपाध्यायलाई हस्तान्तरण गर्नुभएको छ ।
हामीले यो महामारीले गर्दा लकडाउनको समयमा दैनिक मजदुरी गर्न नपाएका बाढीपिडित परिवारकालागि सानै भएपनि सहयोग गर्ने मौका पायौ यही हाम्रोलागि महत्वपूर्ण अवसर हो भन्ने लागेको छ । सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य भन्नुहुन्छ ।
Prawash Kumar Shakya । २९ चैत्र २०७६, शनिबार १८:०५ बजे