
१४ चैत्र, सुर्खेत । राष्ट्रिय अभिखालयले अभिलेखहरुको संरक्षण कार्यालयहरुमा दैनिक कार्य सम्पादनका क्रममा सिर्जना भएका रेकर्डहरुको महत्व र संरक्षणकालागि कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रदेश संग्राहलय परिसर आज (विहिवार) बाट यही चैत्र १६ गते सम्म अभिलेख महोत्सव २०७५ को संचालन भएको छ ।
महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सव सफलताको शुभकामना दिदै अहिलेको समयमा इतिहासको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै राष्ट्रिय अभिखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले देशमा छरिएर रहेका राष्ट्रिय महत्वका अभिलेखहरु संकलन संरक्षण र सम्बर्धन गर्ने मुख्य उदेश्य राष्ट्रिय अभिखालयको स्थापना भएको जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
यस्तै प्रदेश प्रमुख खनालले निजी स्तरबाट राष्ट्रिय महत्वका अभिलेखहरु संकलन एवं संरक्षण गर्ने संकलनकर्ता मुक्तिप्रसाद उपाध्याय, शिवप्रसाद उपाध्याय, होमप्रसाद उपाध्यायलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले धन्यवाद ज्ञापन गर्ने उद्घाटन समारोहको समापन गर्नुभएको थियो ।



Milan Shrestha । १४ चैत्र २०७५, बिहीबार २१:०३ बजे