रौतहटमा १ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या १४ पुग्यो


१ बैशाख, । रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको छ । क्‍वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विदेशबाट आएका ती युवकलाई क्‍वारेन्टाइनमा राखिएको थियो । कोरोना आशंकमा जाँच गर्दा ती युवकको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पाइएपछि उहाँलाई अहिले क्‍वारेन्टाइनबाट उपचारका लागि अस्पताल लगिँदै गरिएको डा. देवकोटाले बताउनुभयो । यसअघि आजै वीरगञ्‍ज नाकामा चिया पसल चलाउने कैलालीकी ६५ वर्षीया वृद्धलाई कोरोना भेटिएको थियो।