नगरपालिकाले शुरु गर्यो राहतकालागि हटलाइन सेवा


८ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई मध्यनजर गर्दै  वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को शुरु गरेको छ ।

देश लकडाउनमा रहेकोले भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदूर तथा विद्यार्थीलाई मध्यनजर गर्दै नगरपालिकाले राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरेको हो ।

लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदूरहरुको लागि हटलाइन नम्बरमा फोन गरेर आफ्नो समस्या राखेपछि नगरपालिकाले राहतको उपलब्ध गराउनेछ बताइएको छ । यो नम्बरमा फोन गर्दा शुल्क लाग्दैन । नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिनुभयो ।

‘‘हटलाइनमा फोन आएको २४ घण्टाभित्र उक्त परिवारको अवस्थाबारे बुझ्न नगरपालिकाले खटाएको अनुगमन टोली जान्छन्भ र ‘राहत दिन मिल्ने नमिल्ने अनुगमन गरिएपछि सो परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा १५ हजार विपन्न परिवार तथा मजदूरलाई राहत वितरण गरिसकिएको नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँले भन्नुभयो ‘त्यस्तै हामीले अलपत्र परेका नागरिकहरुलाई खानाको व्यवस्था गरी गन्तव्य स्थानसम्म पुर्याउने काम गरेका छौं ।