कोरोना रोकथामकालागि प्रदेश सरकारले गरेका कामको विषयमा अन्तरक्रिया


१४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको उच्च नेतृत्व विच सरकारका कामकारवाही तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

आज (आईतवार) भएको अन्तरक्रियामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही सहित सवै मन्त्रीहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा र प्रदेश ईन्चार्ज जनार्दन शर्माको सहभागिता रहेको थियो ।

प्रदेश ईन्चार्ज जनार्दन शर्मा भर्चुअल प्रविधिको माध्यमवाट सहभागि भएको अन्तरक्रियामा मुख्यमन्त्री महेन्द्रवहादुर शाही लगायत सवै मन्त्रीहरुले कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीको सम्वन्धमा पार्टी नेतृत्वलाई जानकारी दिएको सरकारकी प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । अन्तरक्रियामा अहिलेको प्राथमिकता कोरोना रोकथाम, नियन्त्रण तथा संक्रमणको जोखिम कम गर्नु भएको वताउदै पुर्वमन्त्री एवं नेकपाका कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मालेले सरकारको सम्पुर्ण ध्यान त्यसतर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिएको वताईएको छ ।

ईन्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोना विरुद्ध लडन आन्तरिक तयारीलाई तिव्र वनाउने तथा लकडाउन खुलेपछि आईपर्ने सम्भावित चुनौतिहरुको हल गर्ने गरि आगामी रणनीति तयार गर्न पनि सुझाव दिएको मन्त्री केसीले जानकारी दिनुभयो । ईन्चार्ज शर्माले कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसंग पहलकदमी लिएको वताउदै स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामाग्री र उपचारमा मात्र वजेट परिचालन गर्न आग्रह गर्नुभएको छ । सानो त्रुटीले पनि सरकारका विरुद्ध ठुलो प्रश्न उठ्ने वताउदै पारदर्शी प्रक्रियावाट प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिएको मन्त्री केसीले वताउनुभयो ।

कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्ती लगायतले पार्न सक्ने जोखिमलाई समेत ध्यान दिनुपर्ने भन्दै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट निर्माणमा हतारो नगर्न सुझाव दिनुभएको वताईएको छ ।