
२० बैशाख, सुर्खेत । सूचना तथा प्रविधी दिवश आज मनाईएको छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारणले भर्चुअल प्रविधीबाट मनाइएको हो ।
कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान)को आयोजनामा आज कोभिड १९ को कारणले पहिलो पटक भर्चुअल प्रविधीबाट ICT Day मनाइएको हो । भर्चुअल कार्यक्रममा देश तथा विदेशका गरि करिब ६ सय जनाको सहभागिता रहेको कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि सहभागिता रहेको क्यान सुर्खेतका अध्यक्ष तिलक आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेमशरण श्रेष्ठले अर्थ र सञ्चार तथा सूचना प्रविधी मन्त्री युवराज खतिवडाको शुभकामना मन्तब्य पढेर सुनाउनुभएको थियो
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना मन्तब्य दिँदै अहिलेको यूग भनेकै सूचना प्रविधीको यूग भएकोले यस्को महत्व बुझ्न र बुझाउन रहेको बताउनुभयो ।
यस्को प्रयोगले समग्र शान्ति सुरक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने गरेकोले जनशक्ती मात्र थपेर शान्तिसुरक्षा नहुने उहाँले मुख्यमन्त्री शाही बताउनुभयो । ‘शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यस्को प्रयोग गर्न सकिने भएकोले यस्को प्रभावकारी प्रयोगमा महत्वपूर्ण भूमिका निर्वाह गरौं ।‘ मुख्यमन्त्री शाहीले भन्नुभयो ।
कार्यक्रममा क्यानका केन्द्रिय अध्यक्ष नवराज कुँवरले सूचना प्रविधी दिवश क्यानले हरेक बर्ष मनाउँदै आरहेकोमा सन् २०१७ मा सरकारले राष्ट्रिय मान्यता दिएको बताउनुहुँदै पहिलो पटक २०१८ मे २ सरकार र क्यानले संयूक्त रुपमा यो दिवश मनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ICT Day को मुख्य उद्देश्य सूचना तथा सञ्चार प्रविधीको बारेमा सबैलाई जानकारी र चेतना दिने रहेको हो ।‘
कार्यक्रममा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीले सूचना र सञ्चार प्रविधीकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।



Prawash Kumar Shakya । २० बैशाख २०७७, शनिबार १३:२५ बजे