प्रदेश अस्पतालमा विरामी जाँच सेवा शुरु (भिडियो सहित)


३० बैशाख, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारिलाई रोकथाम एवं नियन्त्रण गर्नकालागि देशलाई लकडाउनमा राखेसंगै देशका अस्पतालहरुमा विरामी चेकजाँच बन्द गरे संगै नागरिकहरु अस्पतालहरुबाट स्वास्थ्य सेवा लिनबाट बन्चित थिए । अब भने लकडाउन भएकै ५०औं दिनमा प्रदेश अस्पतालले जनरल ओपिडी सेवा पुनः शुरु गरेको हो ।

कर्णाली प्रदेश अस्पतालमा आजदेखि ओपिडी सेवा पुनः शुरु गरिएको को अस्पतालका हाड जोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर शुभ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विहान ९ बजे देखि ११ बजे सम्म २ दुई घण्टाको अवधीमा नाम दर्ता गरिएका विरामीहरुको चेकजाँच शुरु गरिएको छ ।