
खगेन्द्र मल्ल
३१ बैशाख, कालिकोट । भारतले नेपालको भुमि लिपुलेक अतिक्रमणको विरोधमा कालिकोटको तिलागुफा नगरपालिकामा आज विरोध प्रदर्शन गरिएकोछ ।
अनेरास्ववियू , नेबिसंघ, नेक्राबिसंघका विद्यार्थीहरुले संयुक्तरुपमा भारतले चीनको मानसरोवर सम्म जाने सडक निर्माण गरेको भन्दै सरकारको ध्यानाकर्षण विरोध प्रदर्शन गरेका हुन् ।
विरोध र्रयालीले नगरपालिकाको स्थित गाल्जे बजारमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि को पुत्ला जलाएर कोण सभा गरेको थियो । सभामा नेबिसंघका नगर संयोजक नरेस बहादुर शाहिले हिजो वीर पुर्खा हरुले बचाइराखेको देश आज सजिलै गुम्दै गइरहेकोले अहिलेको सरकारले उचित निर्णय लिएन भने सम्पूर्ण बिद्यार्थी संगठनहरु नभनी देश भक्तिका लागि लाग्ने बताउनुभयो ।
त्यस्तै अनेरास्ववियूका कमल बहादुर शाहीले गलत गरे आफ्नै सरकारको पनि विरोधमा उत्री आफ्नोफ सिमाना बचाउनका लागि हामी जे पनी गर्न तयार रहेको बताउँदै बिस्तारबादी भारतीयले आफुले खाने थालमा आफै थुकेको भनेर गाली समेत गर्नुभएको थियो । अर्का नेता प्रशान्त शाहीले यो भुभाग हिजो पनि हाम्रो र अहिलेपनी हाम्रो हो भनी बताउँदै आफुहरु देशका लागि जे गर्न पर्दा पनि कोरोनाका कारण नडराउने भन्नुभयो ।




Milan Shrestha । ३१ बैशाख २०७७, बुधबार १५:५५ बजे