निमार्ण रोकिएको सडक बनाउन ठेकेदार कम्पनीलाई निर्देशन


३० भाद्र, सुर्खेत । वीरेन्द्रनगरको बहुप्रतिक्षित सडक म‌ंगलगढी-काँक्रेविहार-शिवमन्दिर सडक खण्ड निर्माण हुन लागेको करिब ६ बर्ष पुगिसकेको छ । यो छ बर्षको अवधीमा सडक निर्माण भैसक्नुपर्ने तर सडक निर्माण अझै हुन सकेको छैन् । यसपटकको बर्षाले झनै सडकको अवस्था दयनीय भएको छ ।

यही दयनीय अवस्थाका कारण कर्णाली राजधानीको प्रमुख पर्यटकिय स्थल काँक्रेविहार संरक्षित वन हेर्ने जाने पर्यटकहरुले दुःख पाइरहेको अवस्था छ । अहिले प्रदेश सरकारले १८ महिनामा सडकको काम सक्ने गरि ठेक्का दिएपनि ठेकेदार कम्पनी अमर सिस्ने नेपाल जेभीले केही प्रतिशत काम गरेर अलपत्र छोड्दा सडकको अवस्था दयनीय भनेको हो ।

यसै विषयमा आज सरोकारवालहरुको एक बैठकले भोली भाद्र ३१ गते देखि नै सडक निर्माणको काम शुरू गराउने र तोकिएको समयमा नै सडक निर्माण सम्पन्न गर्ने निर्देशन दिएको छ । बैठकले निर्माणमा कुने अवरोध आएमा सरोकारवालहरु सबैले सहयोग गर्ने तथा निर्माणमा संलग्न श्रमिकहरुको पारिश्रमिक ठेकेदार कम्पनीले ३ दिन भित्र दिने सहमती गराएको छ ।