
मिलन श्रेष्ठ
६ जेठ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा रहेको प्रशोधित पिउने पानी उद्योगहरु अनुगमन गरेको छ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेका विभिन्न जारको खानेपानी दुषित रहेको भन्ने ब्यापक गुनासो आएपछि प्रशासनद्वारा आज २ पानी उद्योगको अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको संयुक्त बजार अनुगमन समितिले जिल्लामा रहेका मध्यपश्चिम वाटर एण्ड वेभरेज इण्डष्ट्रिज र देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिज अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा याम बहादुर अधिकारीका अनुसार अनुगमनका क्रममा दुईवटा पानी उद्योगहरुको पानी परीक्षण नमुना संकलन गर्नुका साथै पानीको गुणस्तर र लेवलिङ्गमा विशेष ध्यान दिन निर्देशन समेत दिएको बताउनु भयो । आज अनुगमन गरिएका पानी उद्योगहरु मापदण्ड अनुसार नै संचालन भएको पाइएको छ ।



Milan Shrestha । ६ जेष्ठ २०७७, मंगलवार १६:३१ बजे