७ भाद्र, सुर्खेत । वीरेन्द्रनगर बजारमा यतिवेला बाटो पिच भएर चिटिक्क परेको छ । तर यो बाटोको विभिन्न चोकका घुम्तीहरु यतिवेला विवाद रहित हुन सकेको छैन् । अपाङ्गता नभएकाहरुलाई यो घुम्तीले तनाव दिएको नै छ त्यसैमा पनि अपाङ्गता भएकाहरुलाई त झनै तनाव थपिदिएको छ ।
आज वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा वीरेन्द्रनगर १० का नन्दप्रसाद चौलागाईको अनुभव हो यो । उहाँ भन्नुहुन्छ अपाङ्गता भएका व्यक्तिहरुकालागि बाटो सुहाउँदो नै भएन’ ‘मुख्यबाटोबाट सहायकमा हामी जस्ता अपाङ्गता भएकाहरुलाई लाग्दा ह्विचेयर स्कुटर मोड्न समेत गाह्रो हुन्छ ।’ देशमा पूर्वाधार निर्माण गर्दा अपाङ्गतामैत्री पक्ष सरकारले ख्याल नै गर्दैनन् । त्यति मात्र होइन सार्वजनिक सडक, सरकारी कार्यालयहरु समेत अपाङ्ग मैत्री हुन सकेका छैनन् केही औंलामा गन्नसकिने मात्र रहेकाछन् । हाम्रो पनि मन हो हामीलाई पनि रमाइलो अनी घुमघाम गर्न मनलाग्छ तर पर्यटिक क्षेत्र पनि अपाङ्ग मैत्री छैनन् । सरकारले निर्माण गर्ने धेरै आयोजनामा अपाङ्गतामैत्री विषयलाई सम्वोधन नगरेको उहाँ बताउनुहुन्छ ।
यस्तै राष्ट्रिय अपाङ्ग महासंघ, कर्णालीका अध्यक्ष विष्णुप्रसाद शर्मा कर्णालीमा सरकारले केवल अपाङ्गता परिचयपत्र वितरण वाहेक अन्य केही गर्न नसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ । प्रदेश मात्र होइन देश भरि नै अपाङ्गता भएकाहरुलाई यस्तो समस्या छ ।
कार्यक्रममा राष्ट्रिय जनजाति अपाङ्ग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ्गले करिब ८० प्रतिशत अपाङ्गता भएकाहरु गरिवीको रेखामा रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ अपाङ्गता भएकाहरु परिवार कै सदस्यहरुबाट हिँसामा परेको पाइएको छ ।
कार्यक्रममा अपाङ्गता भएकाहरुका क्षेत्रमा काम गर्ने अधिकारकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरुले (आज) विहिवार कर्णाली प्रदेश योजना आयोग समक्ष कर्णालीको पञ्चवर्षिय योजनामा अपाङ्गताका सवालहरु समेत समावेश गर्न माग गरेका छन् ।



Prawash Kumar Shakya । ७ भाद्र २०८०, बिहीबार १९:१४ बजे