आग्रह र पुर्वाग्रहमा नरहेर साझा आवाज सञ्चार माध्यमले बोल्नुपर्नेः मन्त्री भण्डारी


३० चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सञ्चार माध्यमले सबैको साझा आवाजलाई बुलुन्द गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा संचालित रेडियो प्रदेश एफ एम नेटवर्क १०५ मेगाहर्जको चौथो वार्षिक उत्सवमा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
मन्त्री भण्डारीले कसैको आग्रह र पुर्वाग्रहमा नरहेर सबै वर्ग, क्षेत्र, र सुमदायको साझा आवाज सञ्चार माध्यामले बोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले चौथो बर्षको प्रवेश गरेको अवसरमा प्रदेश एफएमलाई शुभकामना दिदै प्रदेशका जनताको समस्या र यहाँको विकृतिलाई उजागर गर्न रेडियोले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बतानुभयो । मन्त्री भण्डारीले सरकारले पत्रकारहरुका लागी स्वास्थ विमा लगायतका कार्यक्रम सञ्चालन समेत गरेको बताउनुभयो । कार्यक्रममा शुभकामना दिदै कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले छोटो समयमा नै प्रदेश एफएमले धेरै स्रोताको मन जित्न सफल भएको भन्दै अझै उच्च प्रगतीको कामना गर्नुभयो । मन्त्री केसीले सञ्चारमाध्यामले पावर र पहंचवालाहरुको आवाज मात्र समेट्ने खतरा बढेको भन्दै पहुंच विहिन तथा आवाज विहिनहरुको आवाज बुलुन्द गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले गरेका राम्रा गतिविधिलाई जनता समक्ष पु¥याउन र सरकार गलत बाटोमा गए निरन्तर खबरदारी गर्न रेडियोलाई अनुरोध गर्नुभयो । ब्रोकास्टिङ्ग एसोसियसन (वान) का अध्यक्ष चन्द्र न्यौपानेले राज्यका ठूला ठूला परिवर्तनकारी आन्दोलनमा संगसंगै हिडेका रेडियोहरुलाई स्थानीय सरकार र प्रदेश सरकारले अब पनि संगै लिनु पर्ने बताउनुभयो । उहाँले सामुदयीक रेडियो र व्यवसायीक रेडियोको समस्या र चुनौती साझा भएकाले मिलेर जानुको विकल्प नरहेकोमा जोड दिनुभयो ।
कर्णाली योजना आयोगका उपाध्यक्ष डा. पुण्य प्रसाद रेग्मीले प्रदेश एफएमले छोटो समयमा पनि राम्रो प्रगति गरेको भन्दै मिडियाबाट कसैलाई दुःख र हैरानी नहुने गरी काम गर्न सचेत गराउनुभयो । कार्यक्रममा वीरेन्द्र नगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले प्रदेश एफ एम अन्य संचारमाध्यहरु भन्दा भिन्न र सबैको साझा बनेर सुचना सम्प्रेषण गरेकोमा धन्यवाद दिदै अझै पनि सबैको साझा बन्न सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले वीरेन्द्र नगर नगरपालिका संचारमाध्यम संग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।