संक्रमितको शव व्यवस्थापनमा प्रदेश अस्पतालले निःशुल्क सामाग्री दिने


थ३ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी तिब्रगतिमा बढ्नै गएपछि मृतकको संख्यामा बृद्धि भैरहेको र निषेधाज्ञाको समयलाई मध्यनजर गर्दै कर्णाली प्रदेश अस्पतालमा शव व्यवस्थापनमा सहज गरेको छ ।

कोरोना उपचारको क्रममा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापनमा परिवारले जुटाउनु पर्ने मट्टीतेल, कैंची, डोरी, प्लाष्टिक लगाएतका सामाग्री अब प्रदेश अस्पतालले नै दिने भएको हो ।

अस्पतालका निर्देशक डा. डम्मर खड्काद्वारा हस्ताक्षरित सूचनामा परिवारले जुटाउनुपर्ने यस्ता सामाग्री निषेधाज्ञाको समयमा जोहो गर्न चुनौतीपूर्ण हुने हुँदा मृतकका आफन्तहरुको सहजताकालागि अस्पतालका व्यवस्थापनले जेठ ४ गते देखि निशुल्क उपलब्ध गराउने भएको छ ।