गाउंपालिकाका अधिकृत थापामाथी आक्रमण


मिलन श्रेष्ठ
२१ जेठ दैलेख । भैरबी गाउपालकिाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथी गाउंपालिकामा आक्रमण भएको छ ।

भारतबाट आएर गाउपालिकाको क्वारेन्टाइनमा बसेरकाहरुले अधिकृत थापामाथि आक्रमण गरेको हुन् । क्वारेन्टाईनमा बसेकाहरुले थापा लगाएत भैरबी गाउपालिका ४का वडा अध्यक्ष वीरेन्द्र शाहि र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मि माथी आक्रमण गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार गाउपालिकाको भवन देखि २ सय मिटरको दुरीमा रहेको ब्राइट फ्रयुचर बोडि स्कुलमा रहेकाहरुले उनीहरुमाथि आक्रकण गरेका हुन् । बुधबार क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड डाइगोनिस्टिक टेस्ट(आरडिटी) गरिएको थियो । आरडिटी परिक्षणमा एन्टीबडी नेगेटिभ देखिएकाहरुलाई घर पठाउन खोज्दा आक्रमण भएको थियो ।

क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउने तयारी गरिरहेको बेला करिब ४६ जनाको समुहले आफुहरुले गाउपालिकाको स्टोर हेर्न पाउनु पर्दछ भन्दै आन्दोलनमा उत्रिएर ढुंगामुढा गर्दे सहित आक्रमण गरेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा घाइते हुनु भएको हो । आक्रमणबाट थापाको छात्ती, टाउको, निधार र गालामा चोट लागेको छ ।
उक्त घटनामा संलग्न ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक(डिएसपी) हरिबहादुर ओलीका अनुशार घटनामा संलग्न भएका १२ जनालाई नियन्त्रणमा लिई घटनाको सत्यतथ्य छानवीन गरिरहेको छ ।