२२ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमण कर्णाली प्रदेशमा आज ११४ जनामा देखिएको छ । त्यस्तै अन्य जिल्लामा २२० जना नयाँ संक्रमित भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा ११३ जनामा सङ्क्रमण देखा परेको हो । त्यस्तै एकजना मुगुका रहेको बताइएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितहरूको संख्या ३८० जना पुगेको छ भने कर्णालीमा परीक्षण गर्दा ३८९ जनामा पोजेटिभ देखिएको थियो भने ९ जना सुदूरपश्चिम प्रदेशका रहेको बताइएको छ ।
त्यस्तै कोरोनाबाट आज एकजनाको मृत्यु भएको छ । यो संग मृत्युहुनेको संख्या १० पुगेको छ ।



Prawash Kumar Shakya । २२ जेष्ठ २०७७, बिहीबार १५:४७ बजे