एकैदिन २७८ जनामा कोरोना संक्रमित पुष्टी


२३ जेठ, सुर्खेत । कर्णालीमा आज फेरी १ सयजनामा कोरोना संक्रमणको पुष्टी भएको छ । यो संगै कर्णाली प्रदेशमा परिक्षण गरिएको संक्रमितहरुको संख्या ४८९ पुगेको छ ।

आज नयाँ पुष्टी भएका संक्रमितहरुमा ९१ जना दैलेख जिल्लाको रहेको बताइएको छ । अन्य संक्रमितहरु जुम्ला हुम्ला रामेछाप गोरखा सुर्खेत र जाजरकोटको रहेका छन् ।  आजएकै दिन २७८ जना संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना कै संक्रमणबाट सुर्खेतका १ यूवकको मृत्यू भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या ११ पुगेको छ ।

यसैवीच दैलेखमा कोरोनाका संक्रमितहरु अत्याधिक पुष्टी भएपछि स्थानीय प्रशासनले आज ६ बजे देखि निषेधाज्ञा जारी गरेको छ ।

आज नै कोरोनालाई जितेर कर्णालीका ७ जना घर फर्किनुभएको छ ।