जिल्ला बाल कल्याण समिति सुर्खेतका सभापति सुवेदीको निधन


५ भाद्र, सुर्खेत । सुर्खेतमा कुशल समाजिक सेवा सकृय वीरेन्द्रनगर १२ नेवारे निवासी ओमप्रकाश सुवेदीको आज निधन भएको छ ।

सुवेदीका भाई सन्तोष सुवेदीका अनुसार आज अपराह्न १ः३० बजे ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो । मृतक सुवेदी साहारा क्याम्पस सुर्खेतका वर्तमान अध्यक्ष तथा जिल्ला बाल संगठन सुर्खेतका वर्तमान सभापति हुनुहुन्थ्यो । त्यस्तै सुवेदी ग्रामीण जागरण बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक तथा वर्तमान अध्यक्ष, समाज जागरण केन्द्र स्याक का संस्थापक तथा पुर्व महासचिव, जागरण बहुउद्देश्यीय सहकारी लिमिटेड का पुर्व अध्यक्ष, सुवेदी कल्याण प्रतिष्ठान, सुर्खेतका वर्तमान अध्यक्ष, नेप्सपुनका कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो ।

त्यस्तै नेकपा एमाले सुर्खेतका तत्कालीन जिल्ला निर्वाचन परिचालन समीति सदस्य, जिल्ला प्रतिनिधि परिषद्को पूर्व सदस्य सुवेदीको बुधबार विहान ११ बजे देखि वीरेन्द्रनगर–१२, नेवारेमा श्रद्धान्जली कार्यक्रम हुने परिवाजनले जनाएको छ ।