कर्णाली प्रदेश स्तरीय खुला आधुनिक संगित प्रतियोगिता सम्पन्न


११ चैत्र, सुर्खेत । कला, साहित्य तथा गीत संगीतमा लागेका व्यक्तिहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने सुर्खेतका कलाकर्मीहरुले औल्याएका छन् । रेडियो नेपालको ६९ औं वार्षिक उत्सवको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय खुला आधुनिक संगीत प्रतियोगितामा सहभागीले कला संस्कृति तथा साहित्यको संरक्षण विना देशको पहिचान नै नरहने जिकिर गरेका हुन् ।
प्रतियोगितामा सुर्खेतका स्वेता थापा प्रथम, दैलेखका ज्ञानुकमारी रावल द्वितीय र सुर्खेतका लक्ष्मण बुढाथोकी तृतीय भएको प्रतियोगिताका निर्णाक मण्डलका संयोजक तथा मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका डीन खोपीराम लम्सालले जानकारी दिनु भयो ।
प्रतियोगिताबाट छनौट भएका तीन जना प्रतियोगिलाई क्रमस दश हजार नगद सँगै स्वर्ण पदक, सात हजार नगदसहित रजत पदक र पाँच हजारनगद सहित कास्यपदक वितरण गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार सुर्खेतबाट छनौट भएका प्रतियोगिले काठमाडौं हुने देशभरीका खुला आधुनिक संगीत प्रतियोगितामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।
कार्यक्रममा साहित्यकार तथा संगीतकार गंगा के.सी., गायिका खड्ककुमारी पुन, संगीतकार किरण पन्त, समालोचक डा. दीपक गौतम, नाट्यक्रर्मी गणेशभक्त गौतम, नृत्य निर्देशक कुलमान नेपाली, रंगकर्मी तथा बाध्यबादक प्रेमदेव गिरी, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहलगायतले प्रतियोगिहरुलाई शुभकामना तथा बधाईसँग मन्तव्य राख्नु भएको थियो ।