कोरोनाको संक्रमण एकैदिन ४४८ जनामा


३० जेठ, काठमाडौं । कोभिड १९ को संक्रमण आज थप ४ सय ४८ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

आज शुक्रबार पुष्टि भएको सं‌क्रमितको संख्या अधिराज्यभर पछिल्लो २४ घण्टामा सबैभन्दा बढी देखिएको हो । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कर्णाली प्रदेशमा मात्र आज ८३ जना संक्रमितको पुष्टी भएको छ । जस्मा सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेकाछन् ।