दुर्घटना भएको काष्ठमाण्डप एयरको विमानमा को-को थिए ?


१४ फागुन, काठमाडौं । काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ ।

विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । विमानमा ११ जना थिए । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए ।

यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।

उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।