दैलेखका घरमालिकद्वारा लकडाउन अवधिको घरभाडा छुट


१,असार दैलेख । दैलेखका एक मनकारी समाजसेवी युवा तथा पुर्ब युवा संघ दैलेखका अध्यक्ष ओमजंग थापाले लकडाउन अवधिको घरभाडा नलिने घोषणा गर्नु भएको छ

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण आम मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा झण्डै तिन महिना भन्दा माथि पुग्न लागेको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् ।धेरैको आम्दानीको बाटो पनि बन्द भएको छ ।यस्तो अवस्थामा सक्नेले नसक्नेलाई सहयोग गर्नु अहिलेको आवश्यकता हो ।

सरकारले पनि समस्यामा परेका व्यक्तिलाइ घर भाडा छुट दिनु भनि पटक पटक घर धनीलाई आग्रह गरे पनि सुने नसुनेको गरिरहेकै बेला दैलेखका एक मनकारी समाजसेवी युवा तथा पुर्ब युवा संघ दैलेखका अध्यक्ष ओमजंग थापालेले भने मन खोलेर आफ्नो घरमा बस्दै आएकाहरुलाई लकडाउन सुरु देखि अन्त्य सम्मको लागि घरभाडा नलिने घोषणा गर्नुभएको हो ।

लकडाउनका कारण धेरैको व्यवसाय संञ्चालन पूर्ण रूपमा बन्द भएको छ। आम्दानीका पाटाहरु पनि रोकिएको छ।लकडाउनमा आम्दानीको नभएको अस्थालाई मध्यनजर गर्दै युवा नेता थापाले दैलेखको टुडिखेल नजिकै रहेको आफ्नो घरमा बस्दै आएकाहरुलाई लकडाउन अवधि भर घर भाडा छुट गर्नु भएको छ।

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमण बढे संगै दैलेखमा पनि कोरोना संक्रमित संख्या दिनदिनै बढेको छ।काम गरि खाने गरिब विपिन्न बर्गको लागि आर्थिक समस्या हुनसक्छ । त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै आफुले मानवताको हिसाबले आफ्नो तर्फबाट सहयोग स्वरुप लगडाउन अवधि भर घरभाडा छुट गरेको बताउनु भयो ।