कर्णाली प्रदेश अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द


११ असार, सुर्खेत । विश्वव्यापी तिब्रगतिको रफ्तारमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीमा फैलिएपछि केही दिनकालागि अस्पतालको इमरजेन्सी सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणको अग्रपंत्तिमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टी भएकोले महामारीलाई फैलन नदिन केही दिनकोलागि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको जनाइएकोछ ।

प्रदेश अस्पतालमा हाल सम्म चिकित्सक र स्वास्थ्यकर्मी गरि ९ जनामा संक्रमण पुष्टी भएको छ ।

यसैवीच दैलेखमा झुण्डिएर आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टी भएको छ । मृतक दुल्लु नगरपालिका १० का २१ बर्षिय पुरुष रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । मृतक गत जेठ ११ गते भारतको अहमदाबादबाट आइ १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएपछि १६औं दिनमा आत्महत्या गरेको बताइएको छ ।