१९ असार, काठमाडौं । नेपाल एयरलाइन्सको बाइडबडी जहाजमा चरा ठोकिएपछि जहाज ग्राउण्डेड भएको छ ।
कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको हो । हिजो बिहीबार बिहान ८ः३० बजे अवतरणका क्रममा जहाजमा चरा ठोक्किएको थियो ।
जहाजमा चरा ठोकिएपछि पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको बताइएको । जहाजलाई मर्मत गरी पुनः उडानयोग्य बनाउन करिब ४/५ दिन लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।



Milan Shrestha । १९ असार २०७७, शुक्रबार ०८:४३ बजे