पुनः स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, लापरवाही कस्को?


२५ असार, केही दिन अगाडी मात्र कोरोना भाइरस कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मी डिस्चार्ज भएको समाचार सेलाउन नपाउँदै फेरी  कर्णाली प्रदेश अस्पतालमा थप दुई जना चिकित्सक सहित अन्य  दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुई जना मेडिकल अफिसर, एक जना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना विशेष अस्पतालमा दुई हप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले जानकारी दिनुभयो ।

स्मरण रहोस यसअघि पनिअसार ११ गते दुई जना चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिए लगतै अस्पतालको ओपिडी बन्द गरिएको थियो । उहाँहरु गत; आइतबार मात्रै डिस्चार्ज हुनुभएको थियो ।

यसरीमा विरामीको उपचार गर्ने स्वास्थ्यकर्मीहरुमा नै कोरोनाको पुष्टी भै रहँदा कर्णालीमा कोरोना समुदायमा गैसकेको प्रमाणित भैसकेको छ । नागरिकहरु भन्ने गर्छन् स्वास्थ्यकर्मीले त सुरक्षाका सबै मापदण्ड अपनाएर उपचारमा लाग्नुपर्ने हो तर किन भैरहेको छैन् ?

यसै विषयमा कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदिप न्यौपाने भन्नुहुन्छ । “उपचारमा हामीले सावधानी पूर्णरुपमा अपाएका छौं । ओपिडीमा चेकजाँच गर्दा कहिकतैबाट सरेको हुनसक्छ ।”