असोज १ गतेबाट लामोदुरीको यातायात सञ्चालन हुने


३० भाद्र, सुर्खेत । असोज ५ गतेदेखि लामो दुरीको सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको सरकारले निर्णय परिमार्जन गर्दै असोज १ गतेबाट सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । साथै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने जनाएको छ । त्यस्तै बसको एक लहरको सिटमा १ जना मात्र बस्ने पाइने र संक्रमणको जोखिम बढेमा प्रशासनले आवश्यक निर्णय लिन सक्ने जनाएको छ ।