उपप्रमुख ढकाललाई सुर्खेत महिला जेसीजको सम्मान


२४ असोज, सुर्खेत । सुर्खेत महिला जेसीजले वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकाललाई आज सम्मान गरेको छ ।

महिला जेसीजले हरेक बर्ष गर्ने बार्षिक कार्यक्रम अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तरगत नारी सम्मान कार्यक्रममा उपप्रमुख ढकाललाई सम्मान गरेको हो ।

उपप्रमुख ढकालले महिला भएर विगत लामो समय देखि जिल्लाको राजनितिक क्षेत्रमा सक्रियरुपमा समर्पित रहँदै महिलाहरुको व्यक्तित्व विकास एवं नेतृत्व क्षमता अभिबृद्धीमा उत्प्रेणात्मक भूमिका निर्वाहगरि समग्र महिलाको आत्मसम्मान र उत्थानमा ससक्त महिला नेतृत्वको रुपमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको २०२० का अध्यक्ष प्रमुख शाक्यले जानकारी दिनुभयो ।

उपप्रमुख ढकाललाई सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सिमा चन्द लगाएत पूर्व अध्यक्षहरु ज्योति कार्की पौडेल, सुस्मा गिरी निर्मला पाठक, कृति गुभाजु शाक्य, लक्ष्मी कार्की प्रधान सियाले सम्मान गर्नुभएको थियो । सम्मान ग्रहण गर्दै उपप्रमुख ढकालले सम्मानकालागि सुर्खेत महिला जेसीजलाई धन्यवाद ज्ञापन गर्दै गर्दै “हरेक महिलाहरुमा चुनौती पछिको सफलता नै मुख्य कुरा रहेको बताउनुभयो ।”

यहि असोज १६ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रममा वीरेन्द्रनगरमा आश्रित बाढीपिडितहरुकालागि कोभिड सम्बन्धी जनचेतना र स्वास्थ्य सामाग्री वितरण, बक्तृत्वकला प्रतियोगिता, उद्घोषण तालिम, मानव सेवा आश्रममा दन्त परिक्षण शिविर, सेनेटरी प्याड बनाउने तालिम तथा नारी सम्मान कार्यक्रम गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रममा डा. सनम शाक्य, उद्घोषण तालिमका प्रशिक्षक गणेश कुमार कार्की, सेनेटरी प्याड बनाउने तालिमका प्रशिक्षक कृष्णा बोहरालाई सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक लक्ष्मी गुरुङ्गले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।