असार ३१, २०७३- गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करणको नाम सुनिश्चित गरेको छ । गुगलले पहिले यसको नाम ‘एन’ मात्र भनेकोमा अब यसको खास नाम ‘नुगट’ भएको सार्वजनिक गरेको छ ।
गुगलले आफ्नो एन्ड्रोइड ७.० संस्करणलाई हालसम्म एन्ड्रोइड एन भनेर चिनाउँदै आएको थियो । नुगटको अर्थ चकलेटमा डुबाएर तयार पारिएका चकलेट बार हो । गुगलले मे महिनामा सर्वसाधरणहरूबाट पछिल्लो एन्ड्रोयड संस्करणको नाम सुझाउन सार्वजनिक आह्वान गरेको थियो । कम्पनीले घोषणा गरेको नयाँ नाम पनि पहिलेको जस्तै मिठाईहरूको नामबाट ल्याइएको छ ।
हाल बजारमा किटक्याट, ललिपप र मार्समेलो संस्करणमा आधारित स्मार्टफोनहरू सञ्चालनमा छन् । एन्ड्रोइड नुगटको पूर्ण संस्करण भने यो गर्मी मौसमपछि मात्र सार्वजनिक हुने बताइन्छ ।
साभारः साप्ताहिक अनलाइन



Prawash Kumar Shakya । ३१ असार २०७३, शुक्रबार १७:१९ बजे