HIKVISION को एकदिने कार्यशाला गोष्ठी सम्पन्न


८ भाद्र, सुर्खेत । डिजिटल सुरक्षाको क्षेत्रमा १ नम्बर बन्न सफल HIKVISION ब्राण्डले आज सुर्खेतमा आफ्नो एकदिन कार्यशाला सम्पन्न गरेको छ ।

कर्णाली प्रदेशकालागि आधिकारी विक्रेता क्वीक कम्प्यूटर सोलुसनले सुर्खेतका आइटी व्यावसायी तथा आइटीका क्षेत्रमा काम गरिरहेका प्राविधिकहरुकालागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

HIKVISION का नेपाल म्यानेजर लियोनले सुर्खेतमा पहिलोपटक आउन पाउँदा निकै नै खुशी लागेको बताउँदै कर्णाली जस्तो विकट ठाँउमा HIKVISION का सुरक्षा सामाग्रीहरुको पहुँच सुलभ भएकोमा गर्वको महसुस भएको बताउनुभयो । उहाँले अहिलेको डिजिटल जमानामा सबै नागरिक डिजिटल हुन जरुरी रहेको औल्याउनुभयो ।

का पश्चिम नेपाल सेल्ल एरिया म्यानेजर सुलभ भण्डारीले कम्पनीका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो भने कम्पनीका साउथ एसियन प्रशिक्षक सुप्रिम कोइरालाले सहभागीहरुलाई प्राविधिक जानकारीहरु दिँदै डिजिटल कर्णाली बनाउने अभियानमा HIKVISION ले डिजिटल सुरक्षा दिने बताउनुभयो ।

त्यस्तै कर्णालीकालागि आधिकारी विक्रेता क्वीक कम्प्यूटर सोलुसनका प्रोप्राइटर धर्मराज भण्डारीले समय अनुसार परिवर्तित प्रविधिहरु भित्र्याउन पाउँदा हर्षित भएको बताउनुभयो ।