प्रतिनिधी सभा विघटन बारेको फैसला सुनाउन केही साता लाग्ने


८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधी सभा विघटन गरेपछि सर्वोच्च अदालमा विघटन विरुद्ध परेको रिटहरुको सुनुवाई हुन करिब एकसाता लाग्ने सक्ने अदालती कार्यविधिका जानकारहरुले बताएकाछन् ।

विज्ञहरुका अनुसार संसद विघटनका विरुद्ध परेका रिटहरुमाथि शुक्रबार नै संवैधानिक इजलासले फैसला सुनाउन नसक्ने बताएकाछन् । परेका सबै रिटहरुमा अदालतलाई जवाफ दिनका लागि विपक्षी प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई करिब एक/डेढ हप्ता सम्मको समय दिने प्रचलन रहेको कानूनविद बताछन् ।