मिर्गौला पिडित दातारामद्वारा सहयोगको अपिल


११ माघ, सुर्खेत । वीरेन्द्रनगर ९ सुर्खेत निवारी दाताराम अधिकारीले आफ्नो उपचारकोलागि सहयोगको अपिल गर्नुभएको छ ।

वीरेन्द्रनगर ९ पिपलडाँडाका प्रेमबहादुर, सिता अधिकारीका १९ बर्षिय छोरा दाताराम अधिकारीले आफ्नो २ मिर्गौलाले काम गर्न छोडेपछि उपचारकोलागि सहयोग अपिल गर्नुभएको हो ।

जन्मदै पिसाब थैली नभएको र अप्रेशन पश्चात मिर्गौलाले समेत काम गर्न छोडेको दातारामका दाजु नविन अधिकारीले बताउनुभयो । उहाँले भन्नुहुन्छ “मिर्गौलाको डायलासिस ३ पटक कर्णाली प्रदेश अस्पतालमा गरायौं अहिले वीर अस्पतालमा छौ तर भाइको स्वास्थ्य स्थितका कारण हप्तामा २ देखि ३ पटक डायलासिस गर्नुपर्ने भएकोले गाह्रो भएको छ ।”

घरको आर्थिक स्थिति कमजोर छ त्यसैमाथि भाइको उपचार गर्न झनै कठिन भएको छ । दातारामका दाइ नविन भन्नुहुन्छ । सहयोगीमनहरुलाई भाइको जीवन बचाइदिनहुन अनुरोध गर्दछु ।

सहयोगीमन हरुले दातारामका दाइ नारायण अधिकारीको नाममा सिटिजन्स बै‌ंक सुर्खेतको खाता नं ०३३०१००००० ३५१०४१, एभरेष्ट बै‌क सुर्खेत खाता नं ०३१००५०१२०७३१३ र नविन अधिकारी राष्ट्रिय बाणिज्य बैंक सुर्खेत खाता नं ४०८००५०८२७१० मा आर्थिक सहयोग गर्न सक्नुहुन्छ ।