
११ माघ, सुर्खेत । जनताको प्रजातन्त्र भन्ना साथ कामदार वर्गको नेतृत्व हुने नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपूर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभएको छ ।
प्रजापतिले आज वीरेन्द्रनगरमा नेपाल मजदुर किसान पार्टीको ४७औं स्थापना दिवसको अवसरमा आयोजित “जनताको प्रजातन्त्र” विषयक प्रवचनमा यस्तो बताउनुभएको हो ।
बुद्धिजीवी र राष्ट्रिय पूँजीपति वर्गको सहभागित हुने र त्यो प्रजातन्त्रमा उत्पादनका सामानहरु सामाजिकरण हुन्छ । शिक्षा स्वास्थ्य र उपचार जस्ता दैनिक जीवनका आधारभूत कुराहरु निशुल्क हुने प्रजापतिले बताउनुभयो । उहाँले भन्नुभयो “त्यस्तो समाजवादमा पर्दापर्ण हुनुभन्दा अगाडी एक खड्किलो हाम्रो देशको आवश्यकता हो । हामी प्रत्यक्ष उपनिवेश नभएपनि हाम्रो देशको राजनैतिक र आर्थिक स्थितिले यस्तो कुरा भैरहेको हुँदा त्यसकारण जनताको प्रजातन्त्रलाई नै पहिलो चरमा अगाडी बढनुपर्छ भन्ने आधार हाम्रो पाटीको महाधिवेशले पारित गरेको छ ।”
कार्यक्रम नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराको सभापतित्वमा सम्पन्न भएको थियो ।



Prawash Kumar Shakya । ११ माघ २०७७, आईतवार २२:१६ बजे