कार्यकर्ता रिहा पछि नेमकिपाको विरोध सभा


२४ माघ, सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतले आज आफ्ना कार्यकर्ताहरु रिहाई भएपछि भ्रष्टाचार, पक्षपात र सबैखाले प्रतिकृयावादका विरुद्ध विरोध सभा गरेको छ ।

विरोध सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नवराज कोइरालाले पूँजीवाद व्यवस्थामा अड्डा अदालत प्रहरी सबै शासकको पक्षामा हुने भएकोले गरिब मजदुर किसानहरुको वकालत गर्ने सबैले दुख पाएको बताउनुभयो । उहाँले भन्नुभयो “समाजवादी गणतन्त्रले मात्र बहुमत मजदुरहरुको किसानहरुको हुन्छ ।”

नेपालका शासकहरु देश र जनताको हितमा भन्दा पन पद र पैसाकालागि हानथाप गरिरहेकाले सरकारका सबै तह र तप्कामा दलाली भ्रष्टाचार र कमिशनतन्त्र रहेको आरोप केन्द्रिय सदस्य कोइरालाले लगाउनुभयो ।

सभामा पक्राउ पछि रिहा हुनुभएका नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले पूराना केही कारणहरुले गर्दा प्रजिअले आफूहरुलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाउनुभयो ।

त्यस्तै पक्राउ परेर रिहा हुनुभएका नेमकिपाका सदस्य गणेश खड्का र सिर्जु शाहले प्रशासनले झुठो मुद्दा लगाएर ८ दिन सम्म हिरासतमा राखी अनावश्यक दुख दिएको बताउनुभयो ।