कर्णालीको राजधानी बीरेन्द्रनगरमा भोली कर्णाली सरकार र एन्फा ११ बीच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको हुने भएको छ ।
कोभिड १९ पछि सुस्ताएको फटबल गतिविधिलाई चलाएमान बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका भएको खेलकुद गतिविधि पुनः सञ्चालन गर्न लागिएको जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ ।
सुर्खेतको वीरेनद्रनगर रंगशालामा हुने प्रतियोगिता भोली बिहान ९ बजेदेखी शुरु हुने भएको छ । कर्णाली ११ को कप्तानी मुख्मन्त्री महेन्द्रबहादुर शाही र एन्फाको कप्तानी पुर्व राष्ट्रिय फुटबलका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गर्नुहुनेछ । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न सन्देश दिन पनि प्रतियोगिताको आयोजना गर्न लागिएको बताइएको छ ।
जिल्ला फुटबल महासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले सुर्खेतमा अव फुटबलका गतिविधिहरु शुरु गरिने बताउनुभयो।



Prawash Kumar Shakya । २९ माघ २०७७, बिहीबार १८:४४ बजे