मैत्रिपुर्ण फुटबलमा एन्फा ११ ले कर्णाली सरकारलाई ३-१ गोलले हरायो


३० माघ, सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा आज प्रदेश सरकारको तेश्रो स्थापना दिवसको उपलक्ष्यमा मैत्रिपुर्ण फुटबल प्रतियोगितामा एन्फा ११ ले कर्णाली सरकारलाई ३-१ गोल अन्तरले हराएको छ ।

वीरेन्द्रनगर स्थित नवनिर्मित रंगशालामा भएको प्रतियोगिता कर्णाली सरकार विरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो । एक घन्टा भएको खेलमा दुबैतर्फबाट एक/एक गोलको बराबरी भएपछि खेल ट्राईब्रेक्रमा धकेलिएको थियो ।

ट्राईब्रेकमा एन्फाले तिन गोल गर्दै नतिजा आफ्नो पोल्टामा पार्यो भने कर्णाली सरकारले एकमात्र सान्त्वना गोल फर्काउन सकेकाे थियो । कोभिड १९ पछि सुस्ताएको फटबल गतिविधिलाई चलाएमान बनाउन प्रतियोगिता आयोजना गरिएको हो । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएको खेलकुद गतिविधि पुनः सञ्चालन गरिएको जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ ।

कर्णाली ११ को कप्तानी मुख्मन्त्री महेन्द्रबहादुर शाही र एन्फाको कप्तानी पुर्व राष्ट्रिय फुटबलका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गर्नुभएको थियो । प्रतियोगितामा मुख्यमन्त्री शाहीले ३० मिनेट खेल्नुभयो भने कृषि मन्त्री विमला केसी १५ मिनेट सम्म मैदानमा रहनुभएको थियो । यस्तै सामाजिक विकास मन्त्री दलरावलेले १० मिनेट खेल्दा सभामुख राजबहादु शाहीले ८ मिनेट खेल्नु भएको थियो ।

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न सन्देस दिन पनि प्रतियोगिताको आयोजना गरिएको जिल्ला फुटबल महासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभयो।