Blush Rush सामाग्री नेपाली बजारमा


२२ फागुन, काठमाण्डौं । नारी सौन्दर्यकालागि चर्चित अमेरिकन Blush Rush का ‘लक्जरी ब्यूटी र कस्मेटिक सामाग्री अब नेपालमा पनि उपलब्ध भएको छ ।

संघीय राजधानी काठमाण्डौंको दरवार मार्गबाट Blush Rush का सामाग्रीहरु अनलाइनबाट खरिद गर्ने व्यवस्था रहेको Blush Rush नेपालका संचालक अञ्जना श्रेष्ठले बताउनुभयो ।

हामीले नारी सौन्दर्यकालागि स्वास्थ्यमा कुनै असर नपरोस भन्ने हेतुले नेपालमा अमेरिकन कम्पनी Blush Rush का मेकअपका सामाग्रीहरुलाई भित्र्याएका छौं । संचालक श्रेष्ठले भन्नुभयो । बजारमा धेरै कम्पनीका नारीहरुको सौन्दर्यकालागि विभिन्न मेकअपका सामाग्रीहरु पाइन्छन् तर हामीले अमेरिकाको Blush Rush का सामाग्रीलाई सस्तो मूल्यमा विक्री वितरण गर्ने उद्देश्यले नेपालमा पनि Blush Rush का सामाग्रीको विक्री वितरण शुरु गरेका छौं ।

अहिले हामीले दरवारमार्गबाट अनलाइन सेवा सुचारु गरेका छौं छिट्टै नै कुपण्डोल ललितपूरमा  यस्को शो रुम पनि संचालनमा ल्याउँदै छौं ।

अनलाइनबाट खरिद गर्नकालागि Blush Rush नेपालले हाल फेसबुक तथा इन्स्टाग्रामबाट सेवा दिइरहेको छ । Facebook तथा Instagram बाट खरिद गर्न सकिने बताइएको छ ।