सल्यानमा विद्धुतिय चुलो प्रयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न


६ पौष, सल्यान । SNV/EnDev को आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजीकरण करणमा संचालित विद्युतीय चुलो प्रबर्द्धन कार्यक्रम अन्तर्गत सल्यानको कालिमाटी गाउँपालिकामा बिद्धुतिय चुलो प्रयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ ।

नेपाल सरकार ले लिएको निति लाई सहयोग पुर्याउने उदेश्यले यो परियोजना कर्णाली र सुदुरपश्चिम प्रदेशमा संचालक गरिएको सुन्दर नेपाल संस्थाका बजार विकास संयोजक पदम दलामी ले बताउनुभयो । संस्थाले बिद्धुतीय चुलो खरिद गर्ने ब्यक्तिलाई प्रति सिस्टम २ हजार अनुदान दिने जानकारी दिनुभयो । उक्त कार्यक्रममा परियोजना सङ्ग साझेदारी गर्दै कालिमाटी गाउँपालिका भित्र हाल लाई ३ सय चुलो वितरण गरिने कुरा गाउँपालिका अध्यक्ष दान बहादुर के. सी.ले बताउनु भयो ।

खाना पकाउने उर्जाको रुपमा प्रयोग गर्नका लागि एल.पी. ग्यास खरिद गर्न मात्रै नेपालबाट बर्षमा करिब ६५ अर्ब रुपैया बाहिरिने कुरा कुरा बताउदै नेपालको उत्पादन एकमात्र उर्जाको श्रोत विद्युतलाई देशमै खपत गरि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्नु पर्ने कुरा बताउनु भयो । विद्युतीय चुलो सुरक्षित, भरपर्दो हुनुको साथै बाताबरण मैत्री, स्वच्छ भान्सा र स्वस्थ जिवन को लागि उपयुक्त हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा Clean Energy and Environment Development Center Pvt. Ltd का मेनेजिङ डाइरेक्टर इश्वरी प्रसाद घर्तीले बिद्धुतिय चुलोको प्रयोग, यसको प्रयोग बाट हुने फाइदा, मर्मत सम्भार कसरी गर्ने भन्ने बारेमा बाताउनु भयो भने विद्युतिय चुलोको प्रदर्शनी पनि गर्नु भएको थियो ।