५० लाख भन्दा बढी मोबाइल फोन ग्रे लिष्टमा, असार सम्म कर तिरे बैध हुने


१७ जेठ, काठमाण्डौं । नेपाल दुरसञ्चार प्राधिकरणले करिब ५० लाख भन्दा बढी मोबाइल फोन ग्रे लिष्टमा (खैरो) परेको अनुमान गरेको छ । यसमध्ये कति फोन विदशबाट आफै सँग ल्याइएका हुन् र कति भारतीय बजारबाट तस्करी भएर नेपाल भित्रिएका हुन् भन्ने यकिन नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ८० लाख ६० हजार हजार मोबाइल आईएमईआई नम्बरहरु प्रणालीमा देखिए पनि दर्ता भएका छैनन् । यी सबै आईएमईआई ग्रे लिस्टमा छन् ।  प्राधिकरणले ३० भदौ २०७९ देखि ३१ वैशाख २०८० सम्म भन्सार नतिरी विदेशबाट ल्याइएका फोनहरु ‘ग्रे लिस्ट’ (खैरो सूची) मा जनाएको छ ।

३० भदौ २०७९ पछि एमडीएमएस प्रणाली आंशिक कार्यान्वयनमा आएपछि भन्सार नतिरी नेपाल भित्रिएका सबै फोनलाई सरकारले एमडीएमएसको खैरो सूची (ग्रे लिस्ट) मा राखेको छ । ती फोनहरु अब कसरी सेतो सूची (ह्वाइट लिस्ट)मा लैजानका लागि असार मसान्तसम्म दर्ता नै गर्नुपर्ने भएको हो । त्यस्कालागि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले गत १५ जेठमा मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु हुनुभन्दा अघि भित्रिएर ‘ग्रे लिस्ट’ (खैरो सूची)मा रहेका फोनलाई कर तिरेर वैध बनाउन सक्ने व्यवस्था गरेको हो ।ती फोनहरु सेतो सूची (ह्वाइट लिस्ट)मा लैजानका लागि असार मसान्तसम्म दर्ता नै गर्नुपर्ने भएको हो ।

आफ्नो मोबाइल MDMS प्रणालीमा दर्ता भएनभएको यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

https://mdms.nta.gov.np/public