
२४ फागुन, सुर्खेत । यसबर्षको महाशिवरात्री पर्व नजिकै जाँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-९ लाटीकोइली स्थित ऐतिहासिक शिव मन्दिरमा तयारी तिब्र पारिएको छ ।
यसपटकको महाशिवरात्रीमा मुख्य आर्कषण रहेको नेपालमा नै पहिलो पटक एउटै ढुंङ्गाबाट निर्मित शिवपार्वतीको अर्धनारेश्वरको मुर्ति रहेको छ । मुर्ति स्थापनाको काम पूर्णरुपमा नसकिए पनि महाशिवरात्रीमा दर्शनकालागि खुला गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मुर्तिमा विधिवत् रुपमा हामी प्राण प्रतिस्थापन नगरेको हुनाले अहिले केवल दर्शन मात्र गर्न सक्ने व्यवस्था गरेका छौं । यस्कालागि हामी सुरक्षाकर्मी र स्थानीय स्वयम् सेवक परिचालन गर्ने निर्णय गरेका छौं । त्यसैले सम्पूर्ण श्रद्धालुभक्तजनहरुमा हामी मुर्तिमा पुजा नगरिदिनहुन अनुरोध गर्दछौं ।”
अध्यक्ष मानन्धरका अनुसार मुर्तिमा आगामी बर्ष बैशाख महिनामा विधिवत् रुपमा प्राण प्रतिस्थापन गरिने छ । त्यस्तै महाशिवरात्रीलाई सभ्य र भब्य बनाउन मन्दिर व्यवस्थापन समितिले विभिन्न उपसमितिहरु खडा गरेको छ ।
यसैवीच महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै आज राष्ट्रिय सौन्दर्यकर्मी युनियन कर्णाली प्रदेश र वीरेन्द्रनगर नगर कमिटीले लाटीकोइली स्थिति शिव मन्दिर परिसर सरसफाई गरेको युनियन कर्णाली प्रदेश अध्यक्ष प्रमी शाक्यले बताउनुभयो ।
Prawash Kumar Shakya । २४ फाल्गुन २०७७, सोमबार १७:२१ बजे