‘नेपाल बैंक लिमिटेड’ डिजिटल सुर्खेत बनाउने महा-अभियानमा


४ चैत्र, सुर्खेत ।आज देखि देशको पहिलो पुरानो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल सुर्खेत बनाउने महा-अभियानमा शुरु गरेको गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई QR कोड मार्फत डिजिटल पेमेन्टको शुरुवात गर्दै डिजिटल सुर्खेत बनाउने महा-अभियान शुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल बैंक लिमिटेड सञ्चालन समितिका अध्यक्ष एवं नेपाल सरकारका अर्थ सचिव मधुकुमार मरासिनीले QR कोडबाट मह खरिद गरि कार्यक्रमको उद्घाटन गर्दै जसरी मानिसहरुले ढुङ्गे युग पारे गरे त्यसैगरि बैंकहरुले प्रविधीको प्रयोग गरि क्यास लेस गर्दै डिजिटल पेमेन्ट अग्रसर भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले कोरोना भाइरस कोभिड १९ले निजी क्षेत्रलाई धरायसी बनाएको बेलामा बैंकहरुले निजी क्षेत्रलाई झन च्यापेको वेला बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको आन्दोलन पछि ल्याएको मौद्रिक नितीलाई बैंकहरुले राम्रो संग पालना नगरेकोले हामीलाई फेरी आन्दोलनग गर्ने वातावरण सिर्जना भैरहेको छ ।”

कार्यक्रम नेपाल बैंक लिमिटेड सुर्खेत शाखाका प्रवन्धक गणेश कुमार खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।