आफुमा भएका शिपलाई परिक्षण गराऔंः सामाजिक विकास मन्त्रालय


११ फागुन, सुर्खेत । नेपाल योग्यता व्यावसायिक प्रणाली (NVQS) परियोजना बारे आज एक अन्तरक्रिया सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा व्यावसायिक योग्यता, प्रदेश सरकारको भूमिका र निजी क्षेत्रको सहकार्य विषयक रोजगारदाताहरु वीच अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीका डेपुटी टिम लिडर रामदास चौधरीले शिप सिकाईका पूर्व मान्यता विधीहरु परामर्श, दक्षता मूल्याङ्कन  र नतिजा प्रकाशन तथा प्रमाणिकरण गर्दा गर्नुपर्ने प्रक्रियाहरुका बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो “धेरै मानिस संग शिप छ तर प्रमाणिकरण कसरी गर्ने भन्ने अन्यौलताका कारण वेरोजगार भएर बस्नुभएको छ त्यसैले त्यसैकालागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौं । त्यसैले आफुमा भएका सीपलाई परिक्षण गरि रोजगारीको थप अवसर प्राप्त गर्नु अनुरोध गर्दछु ।”

कार्यक्रममा सामाजिक विकास मन्त्रालय शैक्षिक विकास महाशाखा प्रमुख जवाहरलाल हमालले मन्त्रालयको संचरना सम्वन्धि प्रकाश पार्नुभएको थियो भने सहसचिव विनोद आचार्यले स्वागत गर्नुभएको थियो ।