
८ भाद्र, सुर्खेत । रियल मी मोबाइलको नयाँ मोडेल C30 आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लोकल लन्चिङ्ग गरिएको छ ।
रियल मी मोबाइलकालागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोबाइल्सले नेपाल भित्र्याएको Real Me C30 मोबाइललाई सुर्खेतकालागि अधिकृत विक्रेता ज्वाला कम्प्यूटर सप्लायर्सले विक्री प्रवर्धन गरेको छ ।
मोबाइल लन्चिङ्ग गर्दै कार्यक्रमका प्रमुख अतिथी सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले व्यावसायीहरुका समस्या समाधान गर्नकालागि सवै व्यावसायीहरु एकजुटु हुनुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ “अहिले व्यासायीहरुले व्यावसायका बारेमा सामाजिक सञ्जालमा विभिन्न स्टाट्स लेखेको कारणले त्यसको फाइदा अरुले उठाएको छ । त्यसैले व्यावसायीहरु साझा हुन नितान्त जरुरी छ । साथै संघले व्यावसायीहरुका हितकालागि चलाएको राहतकोष अभियानमा एकजुट हुन पनि म आग्रह गर्दछु ।”
कार्यक्रममा नेपाल मोबाइल वितरक संघका संयोजक दिलिप सिंह ठकुरी, नेपाल मोबाइल व्यावसायी महासंघका केन्द्रिय सदस्य भुवनलाल ज्ञवाली, ईलेक्ट्रोनिक्स वस्तगत समितिका अध्यक्ष पोषण खरेल तथा व्यावसायी विर्ख बडुवालले आआफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रम ज्वाला कम्प्यूटर सप्लायर्सका प्रोप्राइटर सुदिप कुमार केसीको सभापतित्वमा सम्पन्न भएको हो ।
Prawash Kumar Shakya । ८ भाद्र २०७९, बुधबार १७:३१ बजे