
१५ चैत्र, सुर्खेत । दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले कर्णाली प्रदेशको मुगु जिल्लाका दृष्टिविहिनहरुकालागि शैक्षिक सामाग्री वितरण गरेको छ ।
केन्द्रबाट मुगुमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको केन्द्रका हो ।
केन्द्रले दृष्टिविहिन विद्यार्थीहरुकालागि सेतो छडी, सिलेट, स्टाईलस, पेपर, Mp3, मोमोरी कार्ड र पेनड्राइभ लगाएतका सामाग्री वितरण गरेको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले लघुवित्तिय सहकारी संस्था RMDC लघुवित्त वित्तीय संस्था लि. काठमाडौंले उपलब्ध गराएको सामाग्री त्यस्तै महिला छात्राहरुकालागि सुर्खेत महिला जेसीजद्वारा प्राप्त सेनेटर प्याड उपलब्ध गराएपछि हामीले दुर्गम क्षेत्रका दृष्टिविहिन विद्यार्थीहरुलाई वितरण गरेका हौं ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिले कामीले मुगुमा भाैगाेलिक कठिनाईकाे कारण टाढाका दृष्टिविहिन विद्यार्थीहरू सहभागी हुन नसकेकाे बताउनुभएकाे थियाे । उहाँले स्थानींय सरकार, प्रदेश सरकारले अपांगता भएका विद्यार्थीहरूलाई कुनै वास्ता नगरेकाे अवस्थामा दृष्टिविहिन हेरविचार केन्द्रले शैक्षिक सामग्रिहरू सुर्खेतबाट आएर वितरण गरिदिएकाेमा धन्यवाद व्यक्त गर्दै साथै ब्रेल शिक्षकलाई अलि लामाे अवधिकाे तालीमकाे व्यवस्था हुनसकेमा विद्यार्थीहरूकाे शिक्षामा धेरै सघाउ पुग्ने बताउनुभयो ।
साथै केन्द्रले मुगु मै बृद्धहरुकालागि केही थान फोल्डिङ्ग स्टिक पनि वितरण गरेको छ ।



Prawash Kumar Shakya । १५ चैत्र २०७७, आईतवार १०:०० बजे