
२१ असार, सुर्खेत । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग र उपयोग सम्वन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले उद्यमीहरुको विकास प्रवर्द्धन कसरी गर्ने भन्ने कुरामा मन्त्रालयले चासो राखेको बताउनुभयो । उहाँले भन्नुभयो “उद्यमीहरुको विकास र प्रवर्द्यनमा कानुन बनाउन लागिपरेको छ । हामी मन्त्री पदमा रहुँला नरहुँला तर यो प्रदेशको उद्योग विकासमा खटिरहनेछौं ।”
त्यस्तै कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गणेश कुमार कार्कीले कर्णाली प्रदेशमा नै उत्पादित पहाडी कागजको प्रयोग प्रदेशका कार्यालयहरुमा अनिवार्य प्रयोग गर्न तथा निवेदन लगाएतका काजजातमा टिकटको सट्टा स्ट्याप प्याडको अवधारण गरेर प्रत्येक सरकारी कार्यालयले लागुगर्दा उचित हुने यस्ले उपभोक्ता टिकट खरिद गर्दा ठगिनबाट बच्ने हुनेहुँदा यस्तो किसिमको कार्य गर्न सुझाव दिनुभयो । साथै उहाँले प्लाष्टिकका झोलाहरु प्रयोग गर्न प्रतिवन्धित गर्दै औधोगिक ग्रामले उत्पादन गरेका झोला लगाएत अन्य किसिमका झोलाहरु प्रयोग गर्ने निती अख्तियार गर्नुपर्ने बताउनुभयो ।
यस्तै पत्रकार आकाशतारा बयकले सरकारी कार्यालयहरुमा माफियातन्त्रहरु र कर्मचारीमा चेतनाका कारण स्थानीय उत्पादनहरु प्रयोगमा नआएको आरोप लगाउनुभयो ।
कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव डा. केदार बरालले प्रदेशमा उत्पादित समाग्रीहरु प्रयोग गराउनकालागि मन्त्री परिषदबाट निर्णय गराउने तयारीमा रहेको जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । २१ असार २०८१, शुक्रबार १८:१७ बजे